Indrenionline.com

अटोरीक्सा श्रमीक यातायात समितीमा बिबाद

चेतन रेग्मी 

दाङ ५ बैशाख । दाङको तुलसीपुर मा संचालीत अटोरीक्सा श्रमीक यातायात समीतीका महासचीव,सचीव लगाएत ५ जना पदाधीकारीहरुले आफुहरुले प्राली परित्याग गरेको बताएका छन् । अटो रिक्सा श्रमिक यातायात प्रालीका महासचिब माधब दाहल,सचीव तारा प्रकाश वली,सदस्यहरु जीबराज लामिछाने , डिगम्वर सिँ भण्डारी, डिल्लि बहादुर डाँगीले आज एक प्रेस बिज्ञप्ती जारीगरी आफुहरुलाइ कार्वाही गरीएको नभै बिभीन्न कुरामा असहमतीका कारण प्राली परीत्याग गरेको उल्लेख गर्नुभएको छ ।

बिज्ञप्तीमा गम्मरचन रोका अध्यक्ष रहेको समितिले प्रालिले दर्ता प्रकृयामा नक्कली सहीछाप गरेको, आर्थिक हिसाब दुरुस्त नगराएको अध्यक्षले मासिक तलब समेत माग गरेको, महासचिब र सचिबको नाममा नियम अनुसार बैँक खाता समेत खोल्न नमानेको, प्रालि व्यावसायिहरुको साझा सँस्थाको रुपमा नभई पार्टीको भातृ सँगठनको रुपमा सञ्चालन गरेको भन्दै आफुहरु उक्त प्रा लि परीत्याग गरी नयाँ प्रा .लि .सञ्चालनमा ल्याउन लागेको उल्लेख छ । तुलसीपुरमा हाल करीब २२५ वटा अटो रिक्साहरु सञ्चालनमा आएका छन ।