घोराही, ४ बैशाख । नेकपा एमाले घोराही उप–महानगर कमिटीको बैैठक सोमबार जिल्ला पार्टी कार्यालय घोराहीमा वसेको छ ।
कमिटीका संयोजक राममणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले उप–महानगरपालिकाका रहेका १९ वटा वडाबाट आएका नामलाई जिल्ला कमिटीमा पठाउने निर्णय गरेको छ । बैठकले नगर संयोजक पाण्डेको संयोजकत्वमा नगरमा रहेका सवै सदस्यहरु, जनवर्गिय संगठनका सदस्यहरु रहेको मुल समिति गठन गरेको छ । बैठकले साविक त्रिपुर नगरकमिटीका अध्यक्ष सुदन केसीलाई सचिवको जिम्मेवारी दिएकोछ ।
यस्तै उपमहानगरपालिकाको विकासका लागि प्रतिवद्धता तयार गर्नका लागि माधवप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ । यसैगरी युवा परिचालनका लागि पाँच सय एक सदस्यीय समिति गठन गरिएको छ । यस्तैगरी विष्णुराम आचार्यको संयोजकत्वमा आर्थिक समिति र इन्द्र बहादुर बुढाथोकीको संयोजकत्वमा २५ सदस्यीय कमिटी गठन गरिएको छ ।