तुलसीपुर ३१ चैत । शिक्षामा गरिब तथा सिमान्तकृत बालबालिकाहरुको पहुँच पु¥याउन तुलसीपुरमा अयोजना गरिएको बाल केन्द्रित तथा तहगत शिक्षण सिकाई तालिमको समापन गरिएको छ ।
प्रमुख अतिथि पौडेलले ‘गरिब तथा सिमान्तकृत बालबालिकाहरुलाई गुणस्तरिय शिक्षामा पहुँच अभिबृद्धि र स्थानिय अधिकार बिषयक कार्यक्रम अन्तरगत शिक्षक तथा बिद्यालय ब्यबस्थापन समितीका पदाधिकारीहरुका लागि सञ्चालन गरिएको तालिमबाट सीकेको सीप ब्यबहारमा उतार्न आग्रह गरेका थिए । उनले बिद्यार्थीहरुलाई किताबि ज्ञान दिनुका साथै पढ्ने वातावरण शिर्जन गर्नु पनी शिक्षकहरुको कर्तब्य हुने बताए । ‘ बिद्यार्थीलाई किताबी ज्ञान दिएर मात्रै हुँदैन्, उनले भने ‘ पढ्नका लागि शिक्षक तथा ब्यबस्थापन समितिले राम्रो वातावरण शिर्जन गरिदिनु पर्छ ।’ बिद्यार्थीहरुले पढ्ने उचित वातावरण भए मात्रै पढाईमा रुची राख्ने उनले बताए ।
शिक्षकले मुस्कान सहित बिद्यार्थीहरुलाई पठन पाठन गराउदा बिद्यार्थीमा सकारात्मक प्रभाब पर्ने उनको तर्क थियो । बिद्यार्थीहरुको भबिष्य शिक्षकहरुको काँधमा हुने भन्दै शिक्षकहरुले राजनीति नभई सबैको साझाको रुपमा हुनुपर्ने बताए । शिक्षकहरुका लागि बिभिन्न निकायहरुबाट बिभिन्न तालिमहरु दिने गरेपनि ब्यबहारमा कार्यान्वयन नहुँदा सरकारी बिद्यालय प्रतिको लोकपृयता घट्दै गएको पनि उनको भनाई थियो ।