गोविन्द खड्का
घोराही, २९ चैत । साँझ सँगसँगै सर्टर बन्द गरेका नयाँ बजारका एक व्यापारी विहान भेटिएनन् । रातिनै झिटीगुण्टा बोकेर दुई हप्ताअघि भागेका उनीहरु कतागए कसैलाई पत्तो भएन । परिवारका सदस्यसमेत सम्पर्कमा छैनन् ।
मलाई एक हप्ताको लागि पा“च हजार दिनुस तपाईलाई ६ हजार फिर्ता गर्छु भन्न सिष्टता एग्रोभेटमा एक जना आए । सञ्चालक नारायण विवसका अनुसार चिन जानका ति व्यक्तिले त्यो पैसा आफ्ना लागि नभएको बताए । अरु कसैका लागि त्यति चर्को व्याजमा रकम लग्नुको कारण खुलेन । कि त अमेरिका गएर डोकामा पैसा उखर्ने सपना हुनुपर्छ कि त कसैको भाखा नाघेको छ ।
‘तपाईले दश हजार फिर्ता गर्छु भनेपनि दिन्न भनेर फर्काईदिए“’ बिवसले भन्नुभयो, ‘त्यत्रो बदमासी काम कसले गर्ला ?’ हप्ता दिनमै विस प्रतिशत
थपीने गरीको व्याज सुन्दा निकै मिठो कुरा हो । पैसाहुनेका लागि मन पगाल्छ पनि । बुझाएछ भने लगानी गर्नेका लागि लाभ हुन्छ । कथं कदाचित तिर्दै तिरेन भने ? त्यसो त दिएको आफ्नै पा“च हजार पनि उतै हराउछ ।
फरार भएका व्यवसायीको बारेमा स्थानियले गरेको टिप्पनी अनुसार चर्को व्याजमा रकम दलाली गरे । धेरै कमाउने लाभमा कमिशन पछि दौडिए । एक दुईपटक सानो रकम लैजानेले भाकामै फिर्ता दिए । त्यसले हौस्यायो । पछि ठूलै रकममा विश्वास गरेर अन्तबाट ल्याएर पनि तिनको गर्जो टारे । लिएको व्यक्ति फिर्ता गर्न नसकेर हराएपछि कमाउने सपना देखेकाले समेत छोड्ने अबस्था आयो ।
धेरै व्याज पाईने लाभले कतिले पैसा लगानी गर्छन् । बिना झञ्जट पाईने भन्दै धेरैले महंगो व्याजमा पैसा निकाल्छन् । लगानी गर्ने र ऋण लिने तरीकामा निकै बठ्याई गरेको भेटिन्छ । तिर्नेसँग यी दवैको खास्सै चिन्ता पाइदैन । आपद विपद टार्न जस्तो सुकै शर्त पनि स्वीकारेर रकम निकालिन्छ ।
सुखी जीवन ज्युन पहाडबाट झरेकाहरु अपरिचीतसम्म राम्रो व्यवसाय चलाएका हुन्छन् । रहर लाग्दो व्यवसाय र बजार पसेपछिको उन्नतीले चित्त बुझाउन सक्दैनन् । अरु अरु सपना देख्न थाल्छन् । अघिदेखि बस्दै आएकाहरुको बिचमा अब्बल देखिन खोज्छन् । भरपुर आधुनिक प्रविधि र उत्पादन प्रयोग गर्छन् । हाईफाई, हरेक सुविधा सहितको शहरीया जिवन ज्युन थाल्छन् । तिनिहरु कंगाल बन्दै जान्छन् । घर भित्रको मोरो उठाउने सम्मको क्षमता बाकि रहन्न ।
मासिक पा“च प्रतिशत सम्म व्याज असुल्छन् । त्यसमा १० प्रतिशतसम्म कमिसन खाने गरेका छन् । त्यसले ऋणिलाई कहिल्यै उक्सिन नसक्ने बनाउ“छ । गुडविल फाईनाईन्सका प्रबन्धक आनन्द पन्थीका अनुसार बैंकिङ साक्षरता शिक्षाको जरुरी छ । उनिहरुले बैक सम्म पुग्ने भेउ नपाउदा पनि फसेका हुन सक्छन् । थातथलो छोडेरै भाग्नु पर्ने अबस्था सिर्जना भएको छ ।
एक व्यक्तिलाई २० हजार रकम चाहिएको थियो । घोराहीको एक बैंकमा पुगेका ति व्यक्तिले पैसा निकाल्दासम्म लाग्ने खर्चको विवरण सुने । नक्सा निकाल्ने, रोक्का गर्ने, चारकिल्ला कायम गर्ने, धितो मुल्यांकन गर्ने, बैकलाई सेवा सुल्क दिने यस्तै कागज र झञ्जट फा“टे । आधा रकम सकिने ठहर भयो । त्यो भन्दा गाउमै ऋण व्याजमा निकाल्छु भनेर बैंक बाट फिर्ता भए ।
यस्तै घटनाहरुमा अभ्यस्त वैक तथा वित्तीए संस्थाहरुको शहरीया जिवनको अल्छीपनाले दुःख व्यसाएको ठहर छ । उनीहरु भन्छन् एक पटक जग्गा रोक्का, नक्सा पास, चार किल्ला प्रमाणित गरेको प्रमाणले लामो समय काम गर्छ भन्ने जान्दैनन् । पहिलो पटक व्यहोरेको झञ्जट सम्झिएर ऋण खोज्दैनन् । उनीहरु पनि महंगो व्याजमा पर्छन् । ‘डो¥याएर ल्याईएका मान्छेहरु ठुला बैंकमा काम गर्ने भएका छन्’, नमस्ते वित्तीए संस्थाका प्रबन्धक भुपाल गिरीले भन्नुभयो, ‘शुरुमा चर्को व्याजमा फसे हजुर भन्न आउछन् ।’ उहाकाक अनुसार तिनैले ठुलो लाभ लिन्छन् ।
सरकारले वडा कार्यालयको छाप लगाएर मात्रै तमसुक मान्य हुने कानुन ल्याउने भएपछि थप व्यवस्थीत हुने आश गरिएको छ । इमान्दार ऋणी र श्रोत खुलेको रकमका लागि बैकमा कुनै समस्या छैन । अहिले लोग्ने विदेश पठाएका त्यहाबाट मासिक आउने रकमका आधारमा घर जग्गाका लोनमा राखेर कारोबार गर्ने बढेका छन् । उनीहरु बैकको पैसाले घर घडेरी जोड्छन् । व्यवसाय चलाएका छन् । बैंकको सस्तो व्याजले प्रगति पथमा बढाएको छ । अबैद्य काम गर्ने पैसाका दलाल मात्रै भागेका हुन् ।