नारायण भण्डारी
तुलसीपुर(दाङ), २७ चैत । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले तोकिएको मितिमा निर्वाचन नभए हालसम्मका उपलब्धी गुम्ने खतरा रहेको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपालीले संविधानको कार्यान्वयन विना गणतन्त्र र धर्मनिरिपेक्षता संस्थागत हुन नसक्ने भएकाले संविधानको कायान्वयनका जनताले दवाव दिनुपर्ने बताए । नेपालीले संघीयताका नाममा देशमा बैदेशीक शक्तिको चलखेल बढेको र त्यसले राष्ट्रियता इतिहासमै कमजोर मोडमा पुगेको भन्दै जनताले अव संघीयताको खारेजी गर्ने शक्तिलाई बलियो बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संविधान शंसोधन विधेक पास भए त्यो नेपाली राष्ट्रियता समाप्त पार्ने हतियार बन्ने चेतावनी दिए । दुई विशाल देशको बीचमा रहेको नेपालको जनसंख्या कम भएको, खुला सिमाना भएको र अंगिकृत नागरिकता प्राप्त गर्ने ब्यवस्था खुकुलु रहेका कारण राष्ट्रियता खरतामा परेको टिप्पणी गरे । विशिष्ट अतिथि पौडेलले अरु देशको तुलनामा नेपालमा नागरिकता प्रदान गर्ने विधी बिशेष खालको हुनुपर्ने भएपनि विदेशीको दवावमा ठूला दलहरुले नागरिकताको खुकुलो प्रावधान बनाएको बताए ।