दीपक वोहरा
तुलसीपुर, २७ चैत । रक्त सञ्चार केन्द्र सञ्चालनका बिषयमा राप्ती अञ्चल अस्पताल तुलसीपुर र नेपाल रेडक्रस सोसाईटी दाङबीचको बिबाद समाधानका लागि संबाद प्रक्रिया शुरु गरिएको छ । सम्बाद समूह क्षेत्रीय सचिबालय तुलसीपुरले राप्ती अञ्चल अस्पतालका प्रतिनीधि र नेपाल रेडक्रस सोसाईटी जिल्ला कार्यसमितिका पदाधिकारीलाई एकठाँउमा राखि सम्बाद प्रक्रिया शुरु गरेको हो ।
२०६८ सालमा राप्ती अञ्चल अस्पताल परिसरबाटै रक्त सञ्चार सेवा सुरु गर्ने गरि नेपाल रेडक्रसले प्रक्रिया शुरु गरेको थियो । अस्पतालले आफ्नो स्वामित्वमा रहेको डेढ कठ्ठा जग्गा रक्त सञ्चार केन्द्र सञ्चालनका लागि भोगाधिकार दिने सहमति गरेको र पछि कार्यान्वयन नभएको रेडक्रसका जिल्ला अध्यक्ष नारायण आचार्यले जानकारी दिए ।
अस्पताल बिकास समितिको तर्फबाट अध्यक्ष बिष्णुकुमार देबकोटा र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डीयन डाक्टर बिनोद सिहले अस्पताल परिसरमा रक्त सञ्चार सेवा सञ्चालन गर्नूपर्ने आबश्यक्ताका बारेमा चर्चा गरेका थिए । उनिहरुले सरकारी नीतिगतलाई मध्यनजर गर्दै त्यसकै परिधिमा रही आबश्यक प्रक्रिया शुरु गर्न सकिने बताए ।