Indrenionline.com

राप्ती टोलमा कांग्रेसको समिति गठन

घोराही, २७ चैत । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिका १४ ले थालेको टोल विकास केन्द्रित कार्यक्रम अन्तरगत राप्ती टोलमा आज कांग्रेसको समिति गठन गरिएको छ ।

टोलका आज भएको भेलाले टेकबहादुर वि.सीको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरेको छ । कांग्रेस वडा नम्बर १४ का सभापति श्याम सुवेदीको अध्यक्षता एवं सांसद राजु खनालको प्रमुख आतिथ्य र सांसद अनिता देवकोटाको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय तहको निर्वाचनकालागी नेता तथा कार्यकर्ता सक्रीयताका साथ लाग्नुपर्ने बताएका थिए । उनीहरुले समाज रुपान्तरणदेखी विकासका हरेक काममा कांग्रेसले खेलेको भूमीका महत्वपूर्ण भएको भन्दै स्थानीय तहको निर्वाचनमा कांग्रेस विजयी हुने दाबी गरेका थिए ।

कार्यक्रममा महासमिति सदस्य अर्जुन श्रेष्ठ, क्षेत्र नम्बर ३ सभापती भुपबहादुर डाँगी, क्षेत्रीय सचिव बद्रीकुमार खड्का, सह–सचीव प्रकाश सुवेदी, सदस्य नरेन्द्र पुन, निवर्तमान महाधिवेशन प्रतिनीधी अब्दुल सलाम, त्रिपुर सभापति दिपक पान्डे, घोराही नगर उप–सभापति दिलिप डि सि, पुर्व जिल्ला सदस्य नारायण भन्डारी, नेवि संघका क्षेत्रीय सभापति तिलक रावत, कार्यक्रम संयोजक धर्मेन्द्र श्रेष्ठ, नरेश कार्की, बिना खनाल, गुरु कडेल लगायतले टोल समितिलाई सफल कार्यकालको शुभकामना दिदै जनता र कांग्रेसका पक्षमा काम गर्न आग्रह गरेका थिए ।