Indrenionline.com

काग्रेसको चुनावी जागरण

दाङ, २५ चैत । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले आफ्नो जागरण कार्यक्रमलाई तीव्रता दिएको छ । जस अन्तरगत जिल्लाका विभिन्न स्थानका कार्यक्रमहरु भईरहेका छन् । नगर तथा गाँउ समितिहरुले स्थानीय स्तरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै जागरण कार्यक्रमलाई तीव्रता दिएका छन् ।

यसैक्रममा साविक त्रिपुर नगरपालिका १ को आयोजनामा आज नारायणपुरमा एक कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका वडा सभापति देवबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अथिति सांसद अनिता देवकोटाले विकासका लागि कांगेस सधै जनताहरुसँग भएकाले विकासकालागी कांग्रेस रोज्न आग्रह गरे ।

कार्यक्रमका विशिष्ठ अथिति कांग्रेस दाङका पूर्वसभापति विरकेशरी गौतम, कोषाध्यक्ष सावित्रा राना, कांग्रेस दाङका निवर्तमान सचिव कमल किशोर घिमीरे, जिल्ला सदस्यहरु निर्मल न्यौपाने, कमल वली, बालिका लम्साल, क्षेत्र नम्बर ३ का उपभापति भगतसिंह भण्डारी, पूर्वक्षेत्रीय प्रतिनीधी सुदिप गौतम, कांग्रेस त्रिपुर नगर सभापति दिपक पाण्डे, शिक्षक संघ दाङका पूर्व अध्यक्ष चिन्ताबहादुर बुढाथोकी, महिला संघ दाङ क्षेत्र नम्बर ३ का अध्यक्ष जानका केसी, थारु नेता चन्द्रप्रसाद चौधरीले आफ्ना विचार राखेका थिए ।

यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको कार्यक्रम सम्पन्न भएको छ । साविक सौडीयार गाविस ईकाईको आयोजनामा कार्यक्रम भएको हो । ईकाई सभापति कर्णबहादुर बुढाथोकीको अध्यक्षता एवं पूर्व महासमिति सदस्य भिमप्रकाश खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ३ का सदस्य रेखबहादुर वली, क्षेत्रीय प्रतिनीधीहरु कुन्ता सेजुवाल, रेपबहादुर बुढाथोकी, प्रेमबहादुर नेपाली, पूर्ण बहादुर रोका, क्रियाशील सदस्यहरु केशव विसी, रेशम अधिकारी, शिवराज पाण्डे, महिला संघका क्षेत्रीय सदस्य गोमा पाण्डेले बोलेका थिए ।