घोराही, २४ चैत । आफ्नो सर्टर अगाडी कुनै पनि फोहरका वस्तु नफाल्ने घोराही उपमहानगर पालिका १४ गौतम नगर टोलका मोहवुव अहमदले लिखित प्रतिबद्धता जनाउनुभएको छ । टोलहरुले चलाएको संयुक्त सरसफाइ अभियानलाई सहयोग गर्ने अमदले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
टोलहरुको सरसफाइमा अबरोध गरेको कारण लिखित प्रतिबद्धता गराउनु परेको गौतम नगर टोलविकास संस्थका संस्थापक अध्यक्ष नारायण भुषालले जानकारी दिनुभयो । दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहनुभएको भुषाका अनुसार गल्ती दोहोयाए टोलको अधिकार र उपमहानगरपालिकाको कानुन अनुसार थप कार्वाहि गरीने छ ।
गत भदौ ८ गते संघकै पहलमा तिन टोलको संयुक्त सरसफाइ अभियान थालिएको थियो । दल बहादुर विकलाई सरसफाइ चौकिदार राखेर कडा निगरानी गरीएको छ । बैठकमा नुमानन्द आचार्य, चन्द्रमणि गैहे, माधव पोख्रेल, नविन श्रेष्ठ र वडा सरसफाइ समितिका संयोजक शक्तिराम डा“गि लगाएतको उपस्थिति थियो ।