स्थानीय तह निर्वाचनमा कांग्रेस युवा नेता हेमन्त थापाले वडा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को वडा अध्यक्षको उम्मेदवारका रुपमा अघि सरेका थापाले चुनावी माहोल समेत निर्माण गरिरहेका छन् । स्थानीय तहमा युवा प्रतिनीधित्वलाई अत्यावश्यक महशुस गरेका उनले आँफूलाई बलियो उम्मेदवारका रुपमा प्रस्तुत गरेका हुन् । ‘अब स्थानीय तहमा युवा शक्तिको प्रतिनीधित्व हुनु आवश्यक छ,’उनि भन्छन् ‘युवाहरुलाई बिकासको मुलधारमा सहभागी गराउने उत्सवका रुपमा स्थानीय तह निर्वाचन भएकाले यहाँ युवा प्रतिनीधित्व अनिवार्य नै बनाईनु पर्छ ।’ हाल आफ्नो पक्षमा चुनावी माहोल निर्माण गरिरहेका थापाले आँफू वडाबासीकै सल्लाहबमोजिम उम्मेदवार बन्ने निचोडमा पुगेको पनि वताए । उनले भने ‘मलाई वडाबासीहरुलेनै नेतृत्वका लागि सुझाव दिनु भयो ,यसर्थ म वडाको जनमत पाएको बलियो उम्मेदवारका रुपमा दरिएको छु ।’
त्यसयता विपीको सिद्धान्तलाई पछ्याउँदै आँफूलाई कांग्रेसको खाटी कार्यकर्ताका रुपमा थापाले चिनाउँदै आए । कांग्रेसको कार्यकर्ताको रुपमा आँफूलाई चिनाउँदै आएका उनि विद्यार्थी राजनीतिमा प्रवेश गरे र औपचारिक राजनीतिक यात्राको थालनी गरे । क्याम्पसको बिद्यार्थी राजनीति हुँदै नेपाली कांग्रेसको राजनीतिमा निरन्तर यात्रामा रहेका थापा पछिल्लो युवा पुस्ताका बिद्यार्थी कांग्रेसी बिद्यार्थीहरुका अग्रज तथा सल्लाहकारकै भुमिका रहेका छन् । राजनीतिक यात्राको सुरुवात लामो समय देखि भएपनि उनले पदलाई महत्व दिएनन् । उनि भन्छन् ‘पदमा रहेर मात्रै राजनीति हुँदैन, पद बाहिर रहेर पनि पार्टीको सिद्धान्त र नीतिको प्रचार गर्न सकिन्छ भन्ने मान्यता बोकेको मान्छे हो म ।’ तर ययसपटक भने वडाबासीकै सल्लाह र सुझावलाई उनले नकार्न सकेनन् । अन्ततः वडा अध्यक्षको बलियो उम्मेदवारको रुपमा आँफूलाई चुनावी मैदानमा उभ्याउने प्रयासमा सकृय छन् ।