Indrenionline.com

गोवरडिहामा सामुदायिक सूचना केन्द्र स्थापन हुँदै

दिपक बोहरा
दाङ, २३ चैत । दाङको राजपुर गाउपालिकाको गोबरडिहालाई प्रविधि युक्त वनाइने भएको छ । चालु आर्थिक बर्ष २०७३÷०७४ भित्रै सुचना तथा प्रबिधि युक्त बनाईने भएको हो । सूचना तथा सञ्चार मन्त्रालयले दाङको एक बिद्यालयमा सामुदायिक सुचना केन्द्र स्थापन गर्न लागेको छ ।

साबिक दाङ गोबरडिहा ९ बिद्यानगरमा रहेको सरस्वती माबिमा सामुदायिक सुचना केन्द्र स्थापन हुन लागेको जिल्ला शिक्षा कार्यालय दाङले जानकारी दिएको छ । यही आर्थिक बर्ष भित्रै उक्त बिद्यालयमा मन्त्रालयले कम्प्युटर ,ईन्टरनेट, फोटोकपी, लेमिनेशन, प्रिन्टर, स्क्यानिङलगायतका सामाग्री प्रदान गर्ने र प्रविधिमा जोडिने तयारी गरेको हो ।

यी सामाग्री सोही बिद्यालयमा अध्ययनरत बिद्यार्थी लगायत गोबरडिहाका बासिन्दाले प्रयोग गर्न पाउने छन् । उनीहरुले त्यहीबाट सुचना प्रबिधिका बारेमा जानकारी लिन पाउने छन् । साथै उनीहरुलाई कम्प्युटर सम्बन्धि हरेक ज्ञान पनि दिईने दाङका शिक्षा अधिकारी रमेश मैनालीले जानकारी दिए ।

अहिले सम्म प्रभाबकारी रुपमा सञ्चालन हुन नसकेको अवस्था विद्यालयमा ईन्टरनेट सेवा उपलब्ध हुने भए पछि स्थानीयहरु पनि खुसी देखिएका छन । साथै बिद्यार्थीहरुलाई पनि ईन्टरनेटबाट नयाँ नयाँ कुराहरुको जानकारी दिन सकिने तथा सहज तरिकाबाट अध्यापन गराउन सहज हुने शिक्षा अधिकारी मैनालीले बताए । गाउघरमै सस्तो र शुलभ रुपमा सुचना प्रबिधिको सुबिधा लिन पाउने त्यहाँका बासिन्दाले अपेक्षा लिएका छन् ।

समुदायका व्यक्तिलाई सूचना तथा प्रविधिसँग नजिक ल्याउन र प्रविधिका क्षेत्रमा साक्षर बनाउन सूचना केन्द्रको स्थापना गर्न लागेको सञ्चार मन्त्रालयका नीति योजना तथा अनुगमण शाखा अधिकृत सन्तोष कुमार खत्रीले बताए । उनले चालु आर्थिक बर्ष भित्र उक्त बिद्यालयमा आबश्यक सामाग्री जडान गरी सुचना केन्द्र स्थापन गरिने जानकारी दिए ।

बिद्यालय भवनबाटै सञ्चालन हुने सुचना केन्द्र बिद्यालय ब्यबस्थापन समितिले नै सञ्चालन एबं ब्यबस्थापन गर्ने छ । जिल्ला शिक्षा कार्यालयले सुचना केन्द्र स्थापनका लागि दाङका ५ बिद्यालयलाई सञ्चार मन्त्रालयमा सिफारिष गरेको थियो । ती मध्य मन्त्रालयले सरस्वती माबि गोबरडिहालाई छनौट गरेको शिक्षा अधिकारी मैनालीले जानकारी दिए । बिभिन्न ९ वटा आधारमा बिद्यालय छनौट गरिएको मैनालीले बताए ।