Indrenionline.com

अटो भिलेज ब्यबस्थापन गर्न सम्बाद

सुरेश श्रेष्ठ
दाङ, २२ चैत । तुलसीपुरको नयाँ बसपार्क छेउमा रहेका अटो भिलेजको ब्यबस्थापनका बिषयमा देखिएको बिबाद समाधानका लागि सम्बाद समूहले छलफल चलाएको छ ।

२०५४ सालदेखि पातुखोला किनारामा सञ्चालनमा आएको नयाँ बसपार्क सगसगै स्थापना गरिएका अटोमेकानीकहरुको ब्यबस्थापनका लागि तुलसीपुर उपमहानगरपालीकाले प्रयास गरेको छ । तर उनीहरुका लागि तोकिएको स्थान सानो भएको भन्दै ती ब्यबसायीहरु जान मानेका छैनन् । अटो मेकानीकहरुले सञ्चालन गरेका पार्टस,मोटर ग्यारेजलाई अर्को स्थानमा ब्यबस्थापन गरेमात्र आधुनिक बसपार्कको लागि काम शूरु हुने तुलसीपुर उपमहानगरपालीकाले जनाएको छ ।

एक हप्ते सुचना जारी गरी उपमहानगरपालीकाले सार्बजनीक गरेपछि अटोमेकानीक तथा ब्यबसायीहरुले आफुहरुलाई निश्चीत स्थानमा ब्यबस्थापन गरेमात्र त्यहाबाट हट्ने बताउदै आएका थिए । जसका कारण नयाँ बसपार्कको गुरु योजना अनुसारको कामको प्रक्रियामा ढिलाई हुने देखिएपछि सम्बाद सूरु गरिएको हो ।

तुलसीपुर उपमहानगरपालीकाका कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसी,बरिष्ठ बित्तीय अधिकृत ललीत घर्ती,समाज बिकास अधिकृत टोपबहादुर डाँगी र ओभरसियर नारायणप्रसाद रेग्मी,अटो मेकानीकल एशोसीयसनका तर्फबाट केन्द्रीय अध्यक्ष यमप्रसाद भूषाल,एशोसीयसनका जिल्ला महासचिब कमल गौतम लगायतका बीच सम्बाद भएको सम्बाद समूहका सहजकर्ता सुशील बस्नेतले जानकारी दिए । दुबै पक्षबाट बिकल्पको खोजी गरि बर्षपार्कको निर्माण प्रक्रियालाई सहयोग गर्ने र अटो भिलेजको लागि उपयुक्त स्थानको खोजी गरि पूर्बाधार निर्माण गर्ने बिषयमा छलफल भएको छ ।

कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब नेत्रलाल वली र सचिब मीनराज भण्डारी,सम्बाद समूहका चन्द्रबहादुर चौधरी,सदस्य बिष्णुमणी धिताल,ढुण्डीराज लामिछाने,रामजी चौधरी मिलन,निर्मल नेपाली,सुरेश श्रेष्ठ,गोपाल शर्मा भट्राई थिए ।