दाङ,२१ चैत्र । नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्वर ६ को वडा कार्यालय एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । साविक सौडियार गा.वि.स.वडा नम्वर ४ फचकपुरमा एमाले घोराही उप महानगरपालिका ६ को वडा कार्यलय स्थापना गरिएको हो ।
कार्यालय उद्घाटन गर्दै पोलिटव्यूरो सदस्य बिश्वासीले स्थानिय तहको निर्वाचनमा एमालेले जितेमा मात्र राष्ट्रको हित हुने भएकाले जस्तो सुकै मुल्य चुकाएर भएपनि चुनाव जित्नुपर्ने बताए । उनले देश अहिले एमालेको एजेण्डामा चलिरहेको भन्दै उहाँले केपी ओली सरकारले ल्याएको जनमुखी र लोकप्रिय कार्यक्रम जनताको बिचमा लगेर चुनावी महोल सृजना गर्न अनुरोध गरे ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि एमाले घोराही उपमहानगरपालिकाका इञ्चार्ज बिवेक श्रेष्ठले बैशाख ३१ मा हुने स्थानिय तहको चुनावमा एमालेले बहुमत ल्याउने भन्दै घोराही ६ र ७ को चुनाव जित्न सवै शक्ती लगाउन स्थानिय नेता कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य भरत अर्याल,जिल्ला सदस्य बुद्धि पौडेल,कमानसिंह पुन,किशान महासंघका केन्द्रिय सदस्य सुदन केसी,एमाले घोराही उपमहानगरकमिटि सचिवालय सदस्य लक्षिण बुढा,अखिल नेपाल महिला संघका सदस्य अस्मा चौधरी,एमाले सौडियारका पूर्व उपाध्यक्ष ढुकीराम चौधरी,उप संयोजक बसन्तराज अधिकारी,,लौटन चौधरी,पूर्व अध्यक्ष लोकराज चौधरी,मोहनलाल खड्का,गोपीलाल ओली लगायतले स्थानिय तहको चुनावमा एमालेलाई बिजयी बनाउन सवै शक्ती लगाएर लागी पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।