देउखुरी । राष्ट्रिय निर्वाचन परिवेक्षेण समिति नियोक दाङले स्थानिय तहको निर्वाचन पुर्व अनुगमन कार्यक्रम अन्तरगत शनिवार दाङको देउखरीमा छलफल गरेको छ ।
लामोसमय पछि हुनलागेको स्थानिय तहको निर्वाचनमा नागरीक वुझाई र अवस्थाका वारेमा अनुगमनमा गएको टोलिले देउखरीको राजपुर गाउँपालिका मटेरामा नागरीकहरु संग छलफल गरेको हो ।
नियोक दाङका सभापती मधुसुदन केसीको सभापतित्व एवं दाङका संस्थापक अध्यक्ष विनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको निर्वाचन सम्वन्धी छलफल कार्यक्रममा वोल्ने सहभागिहरुले स्थानिय तहको निर्वाचनमा निर्भिकतापुर्वक मतदाताहरुले आफनो मतजाहेर गर्नपाउने अधिकार सुनिष्चीतताका लागि सवै जिम्मेवार वन्नुपर्ने वताएका थिए।
कार्यक्रममा दाङ शाखाका कानुनिशल्हकार मोहन धिताल, नियोक दाङका उपाध्यक्ष सरस्वती नेपाली चौधरी ,कोषाध्यक्ष निरज श्रेष्ठ स्थानिय ऋषिराज घिमिरे, वालकुमारी पोख्रेल शुरेन्द्र चौधरी लगाएतले स्थायिन तहको निर्वाचन नहुँदा नागरीकहरु रानि नभएको माहुरी जस्तै वनेको भन्दै तोकिएकै समयमा निर्वाचन गर्न सरकारलाई अनुरोध गरेकाथिए ।
जिल्ला सदस्य शिवप्रशाद लामिछानेको स्वागत मन्तव्य वाट शुरुभएको कार्यक्रमको सहजीकरण महासचिव टेकन प्रशाद कंडेलले गरेकाथिए ।
