तुलसीपुर १९, चैत्र । नेपाल सरकारका सिंचाई मन्त्री दीपक गिरीले सबै नेपालीको भावनालाई समेटर स्थानिय तहको निर्बाचनमा सहभागी गराउनु पर्ने बताए । उनले असन्तुष्ट मधेसबादीदलहरुको भावनालाई सम्बोधन गरी निर्बाचनमा सहभागी गराउन सरकारले प्रयासलाई जारी राखेको बताए । ‘हिमाल, पहाड, तराई मधेसका सबै नागरिकको भावनालाई सम्बोधन गरि चुनाबमा सहभागी गराउनु पर्छ’ उनले भने‘ यसका लागि सरकारले प्रयास जारी राखेको छ ।’
क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद डिल्ली बहादुर चौधरीले चुनाब बिथाल्न चुनाब देखी एमाले निर्बाचन बिथोल्ने खेलमा लाग्ने आरोप लगाए । स्थानिय तहको निर्बाचनमा एमालेको अस्तित्व हराउने भन्दै एमाले बिथोल्ने खेलमा लाग्ने उनले बताए । उनले भने‘ मधेशबादी दलहरुसंग सहमती भईहाल्छ तर प्रमुख प्रतिपक्ष दल एमाले भने चुनाब बिथोल्ने खेलमा लाग्छ, यसमा सरकार सजक रहनु पर्छ ।’ कार्यक्रमको सहजीकरण क्लबका सचिब बिमल गौतमले गरेका थिए ।