Indrenionline.com

तुलसीपुर ५ लाई बालश्रममुक्त बनाईने

दिपक बोहरा 
दाङ १८ चैत्र । तुलसीपुर उपमहानगरपालिकाको ५ नं. वडालाई बालश्रम मुक्त वडा बनाउन कसरत थालिएको छ । तुलसीपुर उपमहानगरपालिका अन्तरगत स्थानिय शासन तथा सामुदायीक बिकास कार्यक्रम ( एलजिसिपी ) ले वडालाई बालश्रम मुक्त बनाउने अभियान थालेको हो । एलजिसिडिपी तुलसीपुरले बिहिबार बालश्रम न्युनिकरण सम्बन्धि सरोकारवाला निकाय, होटल ब्यबसायी समिति, यातायात ब्यबसायीलगायतसंग छलफल गरि अभियान शुरु भएको जनाएको हो ।

उक्त वडामा रहेका बालश्रमीहरुको पहिचान गरी उद्धार गर्ने योजना रहेको एलजिसिडिपीका कार्यक्रम अधिकृत भिम खत्रीले बताए । भुगोल सानो तर जनसंख्या र शहर क्षेत्र बढि रहेकाले बालश्रमीक पनि बढि ५ नं. वडामै हुने भएकाले त्यही वडा देखी कार्यक्रम थालिएको अधिकृत खत्रीले बताए । ५ नं. वडालाई बालश्रम मुक्त गरेपछि अन्य वडाका बालश्रमीहरुलाई पनि उद्धार गर्न अभियान थालिने खत्रीले बताए । उदेश्य र कार्यक्रम बारे जानकारी दिदै अधिकृत खत्रीले पहिलो चरणमा २०७४ जेठ सम्म प्रतिबेदन तयार पार्ने र दोस्रो चरणमा टोल बिकास समितिसंग सहकार्य गरि काम अघि बढाउने बताए ।

तुलसीपुर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत ललित बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा लामो समय देखी बालअधिकारका क्षेत्रमा क्रियासिल नवजागरण महिला तथा बालसंरक्षण केन्द्र न्युसिपिसि तुलसीपुरका अध्यक्ष नबराज लामिछानेले अन्य बालश्रमीक भन्दा घरेलु बालश्रमीकलाई उद्धार गर्न चुनौतिपुर्ण रहेको बताए । ‘

होटेल ब्यबसायी समिती र यातायात ब्यबसायी समितिले बालबालिकालाई बालश्रममा लगाउने ब्यबसायीलाई कारबाही गर्ने नीति ल्याएपछि होटेल र यातायत क्षेत्रमा काम गर्ने बालश्रमीक घटेका छन्’ उनले भने ‘ तर घरेलु बालश्रमीक र ट्रयाक्टरमा काम गर्ने बालश्रमीकको भने कमी आउन सकेको छैन् । उनले थपे ‘ घरेलु बालश्रमीकलाई हटाउनु निकै चुनौतीपुर्ण पनि छ ।’ बालश्रम अन्त्य गर्न टोल बिकास समितिले पनि महत्वपुर्ण भुमिका निर्बाह गर्नुपर्ने उनको भनाई थियो । साथै उनले आर्थिक संग जोडेर १४ बर्ष देखी मुनीका बालबालिकालाई कुनै पनि काम गराउनु र १४ बर्ष देखी १८ बर्ष सम्मका बालबालिकालाई जोखिमयुक्त काममा लगाउनु बालश्रमीक भएको भन्दै त्यसतो पाईए कानुनी कारबाही हुने बताए । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए ।