तुलसीपुर । मानव अधिकार, जातीय विभेद एवं छुवाछुत बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम पवननगरमा भएको छ । दलित महिला संघ दाङका अध्यक्ष यूवा कराराको अध्यक्षता तथा पवनवगर गाविसका सचिव हुमलाल न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा महिला सञ्जालकी कमला थापा, दलित संजालकी सुशिला नेपाली, अपाङ्ग संजालका डम्बर आचार्य, नेपाली काँग्रेसका दयाराम दहाल, नेकपा एमालेका तुलसीराम आचार्य, नेकपा माओवादी केन्द्रका प्रेम न्यौपाने, नेकपा माओवादी क्रान्तिकारीका उमकान्त सापकोटा, राष्ट्रिय जनमोर्चाका यमप्रसाद भट्टराई, वडा नागरिक मञ्च ८ का कमला नेपाली, वडा नागरिक मञ्च ४ का मीना धिताल, वडा नागरिक मञ्च ३ का कमला धिताललगायतको सहभागीता थियो ।
साथै दलित महिला संघ अन्र्तगत पवनवगर गाविसमा रहेका महिला समुहका सदस्यहरुको समेत सहभागीता थियो । दलित महिला संघ जिल्ला शाखा दाङका कार्यक्रम संयोजक पोषण सेञ्चुरीले परियोजनाको बारेमा विस्तृत जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सामाजिक परिचालक जानकी विश्वकर्माले गरेकी थिईन् ।