सुवास डिसी
तुलसीपुर, १५ चैत । तुलसीपुर उपमहानगरपालिका. ११ कटाहांका एक दम्पत्तिले स्थानीय सडक निर्माणका लागि एक लाख वढी रुपैयां सहयोग गरेका छन् ।
समाजसेवी रेग्मीले आजै उक्त सडकखण्डको शिलन्यास समेत गरेका छन् । झण्डै २ किलोमिटर सडक निर्माणका लागि सहयोग गर्ने रेग्मीको नामबाट उक्त सडकलाई हर्षलाल मार्ग समेत नामाकरण गरिएको छ ।
रेग्मीलाई स्थानियहरुले फुलमाला लगाएर सम्मान समेत गरेका छन् । झण्डै एक हप्तामा निर्माण सकि सक्ने गरी आजै वाट डोजर लगाएर काम शुरु भएको स्थानीय जागेश्वर खड्काले जानकारी दिए ।