शरद रेग्मी
तुलसीपुर, १५ चैत । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाका संयुक्त आयोजनामा चल्दै आएको क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर अभियानको ३२ औ साता पुगेपछि मंगलवार अभियानको अनुगमन समिति गठन गरिएको छ ।
त्यसैगरी पदेन सदस्यहरुमा तुलसीपुर उपमहानगरपालिका, यातायात व्यवसायी, पत्रकार र तुलसीपुर नगर जेसीस संस्था रहेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा मंगलवार बसेको सर्वदलिय÷सर्वपक्षिय बैठकले यो समिति गठन गरेको हो । समीतीले अनुगमन र मुल्यांकनको काम मंगलवारैदेखि थालेको छ ।
अनुगमनका क्रममा सरसफाइ अभियानमा सहयोग गर्नेहरुलाई पुरस्कारको व्यवस्थासंगै अवरोध गर्नेहरुलाई दण्डको समेत सिफारीस गर्ने बताइएको छ । त्यसैबीच मंगलवार ३२ औं सरसफाइ सप्ताहको सुभारम्भ साविक तुलसीपुर नगरपालिकाका पुर्वउपमेयर घनश्याम पाण्डेले गरेका छन् ।