दाङ, १५ चैत । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य बर्षमान पुनले स्थानीय तहको निर्वाचन कुनै हालतमा स्थगित नहुने बताएका छन् । निर्वाचनका लागि मुख्य दलहरु सहमतिमा आएको बताउदै उनले अब स्थानीय निर्वाचन कुनै हालतमा भएरै छाडने बताए ।
उनले निर्वाचनमा असन्तुटि जनाउदै आएको मधेसी मोर्चालाई पनि संविधान संशोधन मार्फत चुनावमा ल्याइने उनले बताए । उनले स्थानीय निर्वाचन हुने कुरामा कुनै शंका नगर्न दोहोर्याए ।