देउखुरी १३ चैत। लमही–कोइलाबास सडक विस्तरका लागि वितरण गरिने मुआब्जा जग्गाधनीलाई मर्का नपर्ने गरी चलन चल्तीको मूल्य तोक्ने विषयमा छलफल चलिरहेको मुआब्जा निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले बताएका छन् ।
नेपाल र भारत जोड्ने प्रमुख नाकाको रुपमा रहेको लमही–कोइलाबास सडक निर्माणका लागि टेण्डर आह्वान भइसकेको छ। सडक विस्तारमा उपभोक्ताको सहयोगको खाँचो पर्छ। मुआब्जा वितरण गर्ने विषयमा निरन्तर छलफल चलिरहेको र एउटा निर्णय गरेर अघि बढिने हुलाकी सडक आयो जना, योजना कार्यालय नेपालगञ्जका प्रमुख योगेश सुमनले बताए। नयाँ युगबोधबाट