Indrenionline.com

तुलसीपुर बसपार्क निर्माणमा झट्का, अटो ब्यबसायीले बसपार्क खाली नगर्ने

तुलसीपुर १३ चैत्र । बैकल्पिक ठाउँको ब्यबस्था नहुदा सम्म तुलसीपुर बसपार्कका अटो ब्यबसायीले बसपार्क खाली नगर्ने जनाएका छन् । आईतबार एक बिज्ञप्ति जारी गरि १९ बर्ष देखी करको दायरामा रहेर सञ्चालनमा आएका अटो ब्यबसायीहरुलाई हटाउने भनी तुलसीपुर उपमहानगरपालिकाले एक्कासी सुचना जारी गरी काम अगाडि बढाएको प्रति आश्चर्य चकित भएको समेत जनाएका छन् । उपमहानगरपालिकाले आफ्ना करदाताहरुलाई बैकल्पिक ब्यबस्था नगरी सात दिने सुचना प्रकाशित गर्नु न्योचित नहुने समेत बिज्ञप्तिमा उल्लेख छ ।

साथै तुलसीपुर क्षेत्रमा क्रियाशिल अटोब्यबसायीहरुको संस्था राप्ती अटो ईन्जिनियरिङ्ग एशोसियसन संग उपमहानगरपालिकाले कुनै पनि छलफल र सहकार्य नगरी काम अगाडि बढाएमा बसपार्क निर्माण र अटो ब्यबसायीको ब्यबस्थापन हुन नसक्ने बताए । राप्ती अटो ईन्जिनियरिङ्ग एशोसियसन दाङका अध्यक्ष शुसिल पोख्रेल र नेपाल अटो मेकानिक ब्यबसायी महासंघका अध्यक्ष यम प्रसाद भुसालले संयुक्त बिज्ञप्ति जारी गरि आफुहरु बसपार्क निर्माणको बाधक नभई सहयोगी भएको बताएका छन् । त्यसका लागि अटो भिलेजको निर्माण गरि व्यवसायीहरुको ब्यबस्थित ब्यबस्थापन हुनुपर्ने बिज्ञप्ति मार्फत माग गरेका छन् ।