गोबिन्द खड्का
घोराही,१३ चैत । आउदो स्थानिय चुनावमा भाग खोज्ने भएका छौ । पा“च दिनको नेतृत्व विकास तालिमले चुनाव लड्ने बनायो ।’ घोराहीमा विहिवार सम्पन्न तालिम समापन कार्यक्रममा महिलाहरुले एउटै भाषा बोलिरहेका थिए ।
‘नेता र नेतृत्वमा के फरक छ भन्ने जानियो’ अर्का सहभागि सुलोचना केसीले भन्नुभयो, ‘सञ्चार सेवा कस्तो हुनुपर्छ भन्ने पनि थाह भयो’ उहाका अनुसार चुनाव कसरी प्रचार प्रसार गर्ने पनि जानीएको छ । नेतृत्व र सदस्यको भुमिका पनि बुझिएको छ । समुह र समिति कुशलता पुर्वक चलाउन सकिने आ“ट बढाईदिएको छ । सबै कुरा छर्लङ्ग पारेकाले निकै प्रभावकारी तालिम भयो । यसले आउदै गरेको स्थानिय तहको चुनावमा धेरै महिलालाई अघि बढाउछ ।
केसीले भने जस्तै सहभागि धेरैलाई नेतृत्वको हुट हुटि जगाईदिएको थियो । एक जनाले तालिमको अनुभुति सुनाउन सञ्चालक एम कुमारी खड्काले समय दिएका थिए । तिन जनाले अगाडि आएरै आफ्ना कुरा राखे । समाजमा महिलाहरुको सकृय भुमिका देख्न चाहेको प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले र स्थानिय विकास अधिकारी कुल बहादुर जिसीको सुझावलाई पनि सम्झिए । सबै कुरालाई गासेर विमला सुवेदिले गित सुनाउनु भयो । ‘जुन बेला पनि यहि तालिम सम्झेर मनलगाई काम गर्ने छु’ भनी अठोत व्यक्त गर्नुभयो । सहभागिले तालि बजाएर समर्थन जनाए ।
सहभागिको सकृयता, उत्सुकता र मेहनतले प्रभावित हुनुभएका प्रमुख प्रशिक्षक मोति कुमारी विश्वकर्माले जागिरको २९ बर्षे अनुभुतिको नया अनुभव भनेर टिप्पनी गर्नुभयो । ‘तपाईहरुले सिकेपछि मात्रै हाम्रो प्रगति हुन्छ’ महिला तथा वालवालिका कार्यालय दाङका महिला विकास अधिकृत प्रशिक्षक विश्वकर्माले भन्नुभयो, ‘आउदो चुनावमा कसरी भुमिका खेल्नुहुन्छ र सहभागिता जनाउनु हुन्छ भन्नेले पनि देखाउछ ।’
यसरी प्रशिक्षक विश्वकर्मा बोलिरहदा हलभरीका सहभागिका अनुहार चम्किएका थिए । उनिहरुले स्थानिय तहको चुनावमा आफ्नो पदको कल्पना गरेको हुनुपर्छ । जब समापनको घोषणा भयो तब भने सबै शान्त देखिए । उनिहरु तालिम बाट छुटिन चाहन्नथे । त्यसले तालिम गजब भएको पुष्टि गर्दथ्यो ।