Indrenionline.com

नगत तथा सरसामान सहित दुई ब्यक्ति पक्राउ

तुलसीपुर , १३  चैत्र । ईलाका प्रहरी कार्यालय तुलसीपुरले नगत तथा सरसामानसहित दुई ब्यक्तिलाई पक्राउ गरेको छ । नगत २ हजा ६ सय तथा केही सरसामान सहित साबिक घोराही नगरपालिका ११ निबासी २० बर्षीय अनुज बस्नेत, सोही ठाउ निबासी १६ बर्षीयको शिशिर भण्डारी पक्राउ परेका छन् ।

उनीहरुलाई तुलसीपुरको हात्तिखौवाबाट शनिबार दिउसो पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको हो । उनीहरुको साथबाट एउटा ल्याप्टप, ईन्टरनेटको मोडेम, दुईवटा पेन्ड्राईभ, चाँदिको औठी, ब्रासलेट एक-एक वटालगायतका सामान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई शंकास्पद रुपमा हिड्डुल गरिरहेको अबस्थामा प्रहरीले पक्राउ गर्दा नगद र सरसामान भेटिएका हुन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।