यमकला भुसाल
तुलसीपुर, १२ चैत्र । तुलसीपुर उपमहानगरपालीका ७ नवलपुरका इन्द्रवहादुर नेपालीका दुवै खुट्टाले काम नगर्ने अपाङ्ग भए पनि उहानै परिवारको भरोसा बन्न सफल हुनु भएको छ । विगत १५ वर्षदेखी अपाङ् भएर पनि सबलाङ्ग सरह तुलसीपुर ७ पर्सेनीमा बसेर जुत्ता सिलाउदै आफ्नो तीन जना परिवार पाल्न सफलभएका छन् । आफु अपाङ् भएपनि आफै जिविकोपार्जन गर्न रुचाउने नेपालीले २०५८ सालमा घोराहीमा १ वर्ष बसेर जुत्ता सिलाउन सिकेको बताए । सानै उमेरमा रुखबाट खसेर अपाङ् भएको र अरु कुनै काम गर्न नसक्ने असक्त्त भएपछि जुत्ता सिलाउने पेशालाई नै अंगाल्दै आइरहेका नेपाली एक वृद्ध आमा र अपाङ्ग श्रीमतीको साहारा बनेका छन् ।
उनले जुत्ता सिलाउने पेशासगँ सगै अन्य सघंसस्थाँमा पनि आवद्ध भएको बताए । नेपाली नेपाल अपाङ् सघंको सदस्य र अपाङ् समाज सुधारको कार्यसमितिमा रहेको बताउछन । उहाँले यदि अपाङ् भएका व्यक्ती जुत्ता सिलाएर आम्दानी गर्न चाहानुहुन्छ भने आफुले निशुल्क सिप सिकाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले अपाङ्ग भएर केही गर्न सकिदैन भन्ने मानसिक्तालाई त्याग्न समेत आग्रह गरे ।