दाङ, ११ चैत । दाङबाट सञ्चालित एओन टेलिभिजनले भोली शनिवार घोराहीमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
एओन मुभी मेकर्स प्रालिद्धारा सञ्चालित उक्त टेलिभिजनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा केन्द्रीय तथा स्थानीय कलाकारहरु सहभागी हुने टेलिभिजनका प्रवन्ध निर्देशक अमृतमान वलीले जानकारी दिएका छन् ।