तुलसीपुर १० चैत । दाङको तुलसीपुरबाट सेवा दिदै आएको राप्ति अञ्चल साना मालवहाक यातायात व्यावसायी समितीले छाता संगठन गठन गर्न पहल सुरु गरेको छ । देश भरी छरीएर रहेका साना मालवहाक यातायात व्यावसायी समितीहरुलाई संगठन गरेर छाता संगठन गठन गर्ने प्रकृया अन्तरगत पहिलो चरणमा देशभरीका समितिहरुसंगको भेटघाट कार्यक्रम सुरु गरीएको राप्ति अञ्चल साना मालवहाक यातायात व्यावसायी समितीका अध्यक्ष भुवन भुसालले जानकारी दिए ।
समितिले घोराहीमा रहेको राप्ति अञ्चल डेलीभरी वितरक संघ संग पहिलो चरणको भेटघाट कार्यक्रम गरेर देशभरी रहेका समितिहरुको अनुगमन सुरु गरेकोे छ । अनुगमनका लागी जिम्मेवारी पनि वाडफाँड गरीएको समितिले जनाएको छ । जसमा प्रसासनीक अनुगमनका लागी सचिव विरज डांगी र आर्थीक अनुगमनकालागी कोषाध्यक्ष शिव बुढाथोकीलाई जिम्मेवारी दिईएको अध्यक्ष भुसालले जानकारी दिए । सो अवसरमा राप्ति अञ्चलमा समितिमा आवद्ध नभएका साना सवारी साधनलाई समितिमा दर्ता गर्न अनुरोध गरीएको छ ।
अध्यक्ष भुवन भुसालको नेतृत्वमा निस्किएको अनुगमन टोलीमा, उपाध्यक्ष ऋसिराम गुरुङ, सचिव विरज डांगी, कोषाध्यक्ष शिव वुढाथोकी सदस्य वसन्त खड्का, लाल वहादुर केसी, कार्यालय प्रमुख मदन कुमार श्रोष्ठ लगाएत रहेका छन् ।
