Indrenionline.com

आबेदक भन्छन्- ‘लाईसेन्सको लिखित परिक्षा कहिले हुन्छ ?’

दिपक बोहरा
तुलसीपुर, १० चैत । केही दिन अघि सल्यानका रमित खत्रीले सवारी चालक अनुमति पत्रको लिखित परिक्षा कहिले हुन्छ, भनी बुझ्ना यातायात ब्यबस्था कार्यालय राप्तीमा पुगे । आबेदन दिएको लामो समय भएपछि परिक्षा छुट्यो कि भन्ने डरले उनी बुझ्न कार्यालयमा पुगेका थिए । उनले भने‘ आबेदन दिएको तीन महिना भई सक्यो, कहिल्यै मलाई थाहै नभएर परिक्षा छुट्यो कि भन्ने डरले म यहाँ बुझ्ना आएको हुँ ।’ तर कार्यालयमा बुझ्दा परिक्षा नै भएको रहेनछ् ।

त्यस्तै मंगलबार मात्रै दाङ पुरन्धारका अमृता बिक पनि लाईसेन्सको लिखित परिक्षा कहिले हुन्छ भनी बुझ्ना आईन् । उनका आफ्न्तले लाईसेन्सकोको लागि आबेदन दिएका थिए । त्यसैले बुझ्ना उनी कार्यालयमा पुगेकी हुन् । उनले भनीन्‘ आबेदन दिएको तीन महिना भन्दा बढि भईसक्यो, अझै पनि लिखित परिक्षा किन भएन् भनेर कार्यालय आएकी हुँ । ’

त्यस्तै दाङ तुलसीपुरका मोहन बिसी पनि हप्तामा एक पटक यातायात पुग्ने गर्छन् । उनी पनि त्यही लाईसेन्सको लिखित परिक्षा कहिले हुन्छ भनी बुझ्न यातायात आएको बताउछन् । यी पात्र त केवल यातायातको नजिक तथा केही काम परेर दाङ झरेको मौका छोपी यातायातमा पुगेका सेवा ग्राही मात्रै भए । हिजो आज यातायात कार्यालयको फोनमा पनि प्रायः लाईसेन्सको परिक्षा कहिले हुन्छ भन्ने प्रश्न सेवा ग्राहीबाट आउछन् ? उनी त्यहाँ कार्यरत कर्मचारीहरुले जवाफ हुन्छ ‘ अब केही दिनमा परिक्षाका लागि सुचना जारी गर्छौं ।’ समयमा लाईसेन्सको लिखित परिक्षा नहुँदा सेवा ग्राहीहरु आजित भईसकेका छन् । यातायात ब्यबस्था कार्यालय राप्तीले गत मंसिरमा लिएको यातायात सवारी चालक अनुमति पत्रको लिखित परिक्षा अहिले सम्म पनि गराउन सकेको छैन् ।

यातायात ब्यबस्था कार्यालय राप्तीले गत मंसिरमा साना तथा ठुला सवारीको आबेदन माग गरेको थियो । ती महिना बिते पनि अहिले सम्म ठुला चारपाङग्रे सवारीको मात्रै लिखित परिक्षा भएको छ । त्यसको नतिजा अझै आएको छैन् । भने साना सवारी साधनको लिखित परिक्षा अझै हुन सकेको छैन् । बिभिन्न बाहान देखाउदै यातायात ब्यबस्था कार्यालयले अझै पनि लिखित परिक्षा गराउन सकेको छैन् । पटक पटक आर्थिक चलखेल हुने गरेको गुनासो आउने गरेको यातायात कार्यालयमा लिखित परिक्षामा ढिलाई भएपछि सेवाग्राहीबाट आलोचना हुन थालेका छन् ।

यातायात ब्यबस्था कार्यालय राप्तीका प्रमुख अच्युत दाहालले भने अबको केही दिनमा जिप कारको लिखित परिक्षाको लागि सुचना निकाल्ने बताए । मोटरसाईकलको लिखित परिक्षा कहिले हुने बारे अझै निश्चित नभएको प्रमुख दाहालले बताए ।

सवारीको वर्ग थप्न लिखित परीक्षा दिनुनपर्ने
यातायात बिभागले लाईसेन्समा बर्ग थप्न लिखित परीक्षा दिनुपर्ने ब्यबस्था गर्न लागेकाले ढिला भएको प्रमुख दाहालले बताए । अब यातायात ब्यबस्था कार्यालय राप्तीले पनि यहि अनुसार लिखित परिक्षा दिने ब्यबस्था गरेको बताए । एकपटक लाइसेन्सको लिखित परीक्षा पास गरेकाहरुले अब अर्को सवारी चलाउने अनुमति लिन लिखित परीक्षा नलिने निर्णय उनले बताए ।

अहिलेसम्म कायम रहेको व्यवस्था अब्यवहारिक र चालक मैत्री नभएको भन्दै यातायात ब्यवस्था विभागले नयाँ ब्यवस्था गरेको हो । अब एकपटक लाइसेन्समा लिखित परीक्षा पास भएकाहरुले अर्को सवारी चलाउने अनुमति लिन सीधै ट्रायलको फारम भर्न सक्नेछन् । अहिलेसम्म लाइसेन्समा बर्ग थप्न पनि दोहोर्‍याएर लिखित परीक्षा दिनुपर्ने बाध्यता छ । नयाँ ब्यवस्थाले चालकहरुलाई सजिलो हुने र कार्यालय ब्यवस्थापनमा पनि सहज हुने प्रमुख दाहालले बताए ।

सरकारले यसअघि नै एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म सवारी लाइसेन्सका लागि ट्रायल दिन सक्ने ब्यवस्था गरिसकेको छ । अब झन वर्ग थप्न लिखित परीक्षा दिनै नपर्ने भएको छ । लाइसेन्स बाहक चालक सवारीको वर्ग थप्न स्वतः ट्रायलका लागि योग्य हुनेछ ।मोटरसाइकलका लाइसेन्स बोक्नेले सीधै कारको लाइसेन्सका लागि परीक्षा दिन सक्नेछ । कारको लागि लाइसेन्स लिएकाले बसका लागि पनि ट्रायल दिन सक्ने उनले बताए । यहि अनुसार राप्तीमा पनि लिखित परिक्षाको नुमना तयारी पारिने बताए । साथै अब बिषयगत प्रश्नहरुलाई हटाएर बस्तुगत परिक्षा दिने तयारी थालिएको बताए ।

कार्यालयले मंसिरमा नयाँ लाईसेन्सका लागि सर्वसाधरणवाट आवेदन माग गरेपछि २० हजार बढीले नयाँ लाईसेन्सका लागि आवेदन दिएका छन् । ती मध्ये १३ हजार बढी व्यक्तिले मोटरसाईकलको लाईसेन्सका लागि मात्रै आवेदन दिएका छन् ।