तुलसीपुर, १० चैत । तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । उनीहरुलाई आज विहीबार एक कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो ।
सो कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाचनमा उपभोक्तासँग गरेका प्रतिबद्धता पूरा गर्न नयाँ कार्यसमितिलाई आग्रह गरेका थिए । बक्ताहरुले निर्वाचनमा दलिय प्यानल बनाएर प्रतिस्पर्धा गरेपनि उपभोक्तालाई विभेद नगरी सेवा दिन आग्रह गरे ।
कार्यक्रममा घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष देविबहादुर डिसी,नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेकपा एमालेका जिल्ला सदस्य विनोद शमार्,, नेकपा मसाल दाङका प्रबक्ता भरत भण्डारी,लगायले विभिन्न सुझाव दिएका थिए ।