घोराही, ९ चैत । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ ले गाँउ अभियान सञ्चालन गर्ने भएको छ । निर्वाचनलाई मध्यनजर गर्दै क्षेत्रीय समितिले प्रत्यक वडा तथा गाँउमा पुग्नकालागी गाँउ अभियान सञ्चालन गर्ने भएको हो ।
क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतमा बसेको बैठकले क्षेत्रीय समितिको अगुवाईमा महाधिवेशन प्रतिनीधी, क्षेत्रीय प्रतिनीधी, सम्पूर्ण भातृ संघसंगठनहरुको सहभागीतामा गाँउ–गाँउमा पुग्ने निर्णय गरेको हो । साथै कार्यक्रमबारे सल्लाहसुझाव सहित योजना बनाउनकालागी चैत १४ गते नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनीधी, क्षेत्रीय पदाधिकारी, क्षेत्रीय प्रतिनीधी, उपमहानगर समिति, वडा तथा गाँउ समितिका अगुवाहरुसँग वृहत छलफल कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
यस्तै बैठकले नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को कार्यसमिति सदस्यमा क्षेत्रीय प्रतिनीधी एवं क्रियाशील युवा नेता विरबहादुर खत्री (विरु) लाई मनोनीत गरेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आवश्यक पर्ने पार्टिको झण्डा तयार गर्नकालागी सहसचिव प्रकाश सुवेदी, सदस्यहरु विरबहादुर खत्री(विरु) र नरेन्द्र पुनलाई जिम्मेवारी दिईएको छ ।
वैठकले हालै सम्पन्न भएको नेपाल शिक्षक संघ, कर्मचारी युनियन संघ, नेपाल पत्रकार महासंघ, नेपाल दलित संघ क्षेत्र नम्बर ३, राप्ती उपक्षेत्रीय अस्पतालको अध्यक्षमा कांग्रेसका अगुवा नेता शंकरप्रसाद थापा र सदस्यमा कांग्रेस त्रिपुर सभापति दिपक पाण्डे मनोनीत भएकोमा बधाई ज्ञापन गरेको छ ।