Indrenionline.com

बालमैत्री क्षमता बिकासका लागि अतिरिक्त कार्यक्रम

देबेन्द्र केसी
तुलसीपुर, ९ चैत । सरस्वती चौतारा आधारभूत विद्यालय तुलसीपुर–९ सल्लीवनमा बालमैत्री क्षमता बिकासका लागि अतिरिक्त कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाको सहयोग तथा सरस्वती चौतारा आधारभुत विद्यालयको आयोजन भएको हो ।

विद्यालयका प्रध्यानाध्यापक पेसलसिं डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले तुलसीपुर महानगरपालिकाले शहर केन्द्रित कार्यक्रमलाई प्राथामिकता दिदै आएको गुनासो गर्दै अब गाउँस्तरका कार्यक्रमलाई पथमिकतामा राख्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि डाग्ीले तुलसीपुर उपमहानगरपालिकालाई सन् २०१७ मा बालमैत्री क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

कार्यक्रममा बालमैत्री क्षमता बिकासका लागि अतिरिक्त कार्यक्रम अन्तर्गत हाजिरीजवाफ, फुटबल र बतृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रा, छात्रलाई प्रमानपत्र, मेडल र अन्य पुरस्कारहरु प्रदान गरिएको थियो ।