Indrenionline.com

‘क्लिन तुलसीपुर ग्रीन तुलसीपुर अभियान’

दाङ, ८ चैत । दाङको तुलसीपुरमा संचालन भइरहेको ‘क्लिन तुलसीपुर ग्रीन तुलसीपुर’ सरसफाई अभियानले ३१ औ हप्ता पार गरेको छ ।

आज मंगलवार ३१औ हप्ताको सरसफाई अभियानसंगै यो अभियानले बजारमा फोहोर व्यवस्थापन गर्न केही हदसम्म सहयोग पुगेको नगरवासीहरुले वताएका छन् । उनीहरुले बजारका केही भागहरुमा नगरपालीको फोहोर उठाउने गाडी कहिलै नदेखिए पनि सरसफाई अभियानको क्रममा भने फोहोर उठानउ घरदैलोमा आउदा थुप्रीएको फोहोर उठ्ने गरेको वताएका छन् ।

आजको अभियान विरेन्द्र चौकदेखि खानेपानी संस्था हु्दै तुलसीपुर स्थित राप्ती अञ्चल परिसरमा पुगी सरसफाई अभियान संचालन भएको सरसफाई अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले वताए । ३१ औं हप्ताको सरसफाई अभियानको नेतृत्व रोट्रयाक्ट क्लव अफ तुलसीपुरले गरेको थियो ।