तुलसीपुर ८ चैत्र । ससस्त्र प्रहरीको लाठिचार्जबाट तुलसीपुरमा राप्रपाका दुई कार्यकर्ता घाईते भएका छन् । राप्रपाको विधानमा उल्लेख गरिएको हिन्दु धर्म र राजतन्त्र वाक्यांश हटाउने निर्वाचन आयोगको निर्णयको बिरोध गर्न हिडेका कार्यकर्तालाई शशस्त्र प्रहरीले लाठिचार्ज गरेको हो । लाठिचार्जबाट राप्रपा दाङ क्षेत्र नं.४ का सदस्य सुधिर गुरुङ् र क्षेत्र नं। ५ का सदस्य शुसिल सिंह राठोर घाईते भएको छ । राप्रपा तुलसीपुरको आयोजनामा नारा जुलसले तुलसीपुर बजार परिक्रमा गरि बिरेन्द्र चोकमा पुगेर कोणसभामा परिणत गरेको थियो ।
निर्वाचन आयोगले गरेको निर्णय फिर्ता लिन दवाव स्वरुप राप्रपाले सडक संघर्ष सुरु गरेको जनाएको छ । आयोगले आफ्नो निर्णय फिर्ता नलिए चैतको तेस्रो साताबाट थप कार्यक्रम गर्ने राप्रपाले चेतावनी दिएको छ । निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राप्रपाका कार्यकर्ता र प्रहरीबीच काठमाण्डौंमा झडप भएको छ । प्रहरीको लाठीबाट राप्रपाका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री पशुपति शम्शेर राणा, केन्द्रीय सदस्य कोमल वली सहितका नेता कार्यकर्ता घाइते भएका छन् । झडपपछि उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष कमल थापा आफैं धर्ना बसेर ज्ञापन पत्र बझाएका छन् ।