Indrenionline.com

तुलसीपुर खानेपानीको अध्यक्षमा पुनः वली विजयी

इन्द्रेणी संवाददाता
दाङ, ७ चैत । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा पुनः खेमराज वली विजयी भएका छन् । उनले संस्थाको चुनावमा प्रतिद्धन्दी यमकान्त भण्डारीलाई भारी मतले पछि पार्दै विजयी भएका हुन् । वलीले एक हजार ६ सय ५० मत ल्याएका थिए भने भण्डारीले एक हजार ४ सय ७४ मत ल्याएका थिए ।

त्यस्तै उपाध्यक्षमा गिरीधारी पौडेल १ हजार ८ सय १ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी झविलाल घिमिरेले १ हजार १ सय १७ मत ल्याएका थिए । सचिवमा मनोज लामिछाने १ हजार ४ सय ८६ विजयी भएका छन् । उनका प्रतिद्धन्दी शोभाराम केसीले १ हजार ४ सय २६ मत ल्याएका थिए ।

त्यस्तै कोषाध्यक्षमा सिताराम शर्मा १ हजार ५ सय १५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी शिवप्रसाद शर्माले १ हजार ३ सय २५ मत ल्याएका थिए ।

सदस्यहरुमा भारता लामिछानेले १ हजार ७ सय २७, शारदी सार्र्कीले १ हजार ४ सय ११, जाल्पादेबि दमाईले १ हजार ३ सय ४५, रन्जन गौतमले १ हजार ४ सय ७२ र मेघराज न्यौपानेले १ हजार १ सय ९८ मत ल्याएर विजयी भएका छन् ।
शनिबार भएको निर्वाचनमा ३ हजार ५ सय १ मत खसेको थियो ।