मनु मगर
घोराही, ३ चैत्र । दाङमा क्रियासिल महिला पत्रकारहरुले मासिक रुपमा दुई पटक सन्डे क्लव सञ्चालन गर्ने भएका छन् । क्रियासिल पत्रकार महिला दाङको आज घोराहीमा बसेको बैठकले मासिक रुपमा दुई पटक सण्डे क्लव सञ्चालन गर्ने निर्णय गरेको हो ।
पहिलो सण्डे क्लव कार्यक्रम सफल पार्नका लागि सहसचिव सुधासुमन ढकाललाई संयोजनको जिम्मेवारी दिइएको छ । क्रियाशिल पत्रकार महिल दाङकी उपाध्यक्ष रिता लामाको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजिकरण सह सचिव सुधासुमन ढकालले गर्नुभएको थियो ।।