दाङ, १ चैत । राप्ती साहित्य परिषद्मा स्थापित राप्ती सिर्जना पुरस्कारका लागि पुस्तक उपलब्ध गराउन आह्वान गरिएको छ । २०७२ सालमा प्रकाशित राप्ती अञ्चलभित्रका स्रष्टाहरुका पुस्तकहरुबाट छनौट गरी दिइने उक्त पुरस्कारका लागि परिषद्ले लेखकहरुलाई पुस्तक उपलब्ध गराउन आह्वान गरेको हो ।
उक्त पुरस्कार राप्ती साहित्य परिषद्मा साहित्यकार डा. नेत्र एटम र डा. बिन्दु शर्माले स्थापना गर्नुभएको हो । पुरस्कारको राशी रु. १५ हजार रहेको छ । उक्त पुरस्कार हरेक वर्ष परिषद्को वार्षिकोत्सवका अवसरमा प्रदान गरिदै आएको अध्यक्ष खनालले जानकारी दिनुभयो ।