तुलसीपुर, ३० फागुन । सबै दलहरुलाई एक भएर संबिधान कार्यान्वयनमा लाग्न आज तुलसीपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन ।
कार्यक्रममा प्रमुख आतिथि सांसद डिल्लीबहादुर चौधरीले एक आपसमा भाईचाराको सम्वन्ध स्थापित गर्न होलिले भुमिका निर्वाह गर्ने बताए । योपर्वले सवै नेताहरुलाई एक हुन दवाव पुग्ने भन्दै चौधरीले दलहरु एक भए मात्रै देशमा संबिधान कार्यान्वयन हुनुका साथै बिकासले गति लिने बताए ।
क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपसभापती विपुल पोख्रेलले मुलकमा भएका पछिल्ला घटनाहरले आम नेपालीहरु मर्माहत भएको भन्दै होलिले सवैमा खुसियालि ल्याउन मद्त गर्ने बताए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सुदीप गौतम, नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विमल रिजाल , राप्ती अंचल सार्वजनिक यातायात ब्यवसायी समितिका अध्यक्ष शुरेस हमाल, तुलसीपुर क्षेत्र सरोकार मञ्चका संयोजक गोपिनाथ योगीलगायतले आफ्ना विचार राखेका थिए ।