दाङ, २९ फागुण । शान्ति निकेतनबाट एस.एल.सी. परीक्षा दिन लागेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शान्ति निकेतन जुनियर रेडक्रस सर्कलले आइतबार एक कार्यक्रमको आयोजना गरी एस.एल.सी. परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाई गरेको हो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलले विद्यालयलाई बालमैत्री विद्यालय बनाउने अभियान सुरु गरेको बताउनुभयो । सिकाईलाई प्रभावकारी बनाउन पहिलो चरणमा लठ्ठीमुक्त विद्यालय बनाइसकेको भन्दै प्रिन्सिपल पौडेलले २०७४ सालभित्र विद्यालयलाई बालमैत्री घोषणा गर्ने बताए ।
सर्कलका सदस्य सतिष पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको विदाई कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल टीका बस्नेत, शिक्षक ज्ञानु महरा, सन्देश केसी, विद्यार्थी सुरज भण्डारी, निलिमा श्रेष्ठ, सिजल प्नलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सर्कलका शिक्षक नायक विष्णुप्रसाद अधिकारीले गरेका थिए ।