गोविन्द खड्का
घोराही, २८ फागुन । कर्मचारी मिलन केन्द्र घोराही केचेरा थुपार्ने क्षेत्र बनेको छ । भवनको पश्चिमतिर ठुल्ठुला थुप्रा प्लाष्टिक जन्य फोहर छन् । भवनका आडले दिसा पिसाव गर्नेहरुको दुर्गन्ध पनि व्याप्त छ ।
उत्तरी क्षेत्रको चौरमा हरेक दिन जसो कार्यक्रम हुने गरेका छन् । तिनले उत्पादन गर्ने फोहर फाल्ने क्षेत्र केन्द्रको पश्चिम क्षेत्र भएको छ । त्यहा चिया नास्ता खाएका गिलास प्लोट देखि पानी खाएका बोतलहरु छन् । कुनै पनि कार्यक्रम आयोजकले फोहर जम्मा गरेर बाटोमा ल्याउदैनन् । नगर पालिकाको सरसफाइ गा िड पनि भित्र गएर सफा गरेको होईन कि जस्तो छ ।
एका छेउमा बसेका उनिहरु पालै पालो फोहर हेर्न भवनको चारैतिर जान्थे । तर नाक खुला पारेर हिड्न सक्ने अबस्था थिएन । न त गन्धले एक ठाउमा अडिन दिन्थ्यो । ‘यस्तो ज्यादति गर्दा पनि किन नबोलेका होला ?’ अमर प्रहरी परिवारका सचिव कमला चन्दले भन्नुभयो, ‘बजारका पसले र गाउ घरका सर्बसाधारणलाई सिकाउनेले पैला आफु गरेर देखाउनु पर्छ ।’ घोराही बजारको मुख्य केन्द्र बैकरोडमा एउटा प्लाष्टिक भेटाउन पनि मुश्ील छ । कर्मचारीको केन्द्र भने कचेराको क्षेत्र बनेको छ ।