दाङ, २८ फागुन । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा वल (एसएसबी)ले गोली हानी एक नेपानीको हत्या गरेको विरोधमा आज शनिवार विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ ।
यसैबीच बन्दकर्ताहरुले आज विहान दाङको कालाखोलामा एक भारतीय नम्बर प्लेटको गाडीमा आगजनी गरेका छन् । फलफुल बोकेर तुलसीपुरबाट घोराहीतर्फ आउदै गरेको युपी ४०–४४२४ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।