अन्जना चौधरी
तुलसीपुर, २५ फागुन । विज्ञान विना आत्मज्ञान अपाङ्ग हुने तुलसीपुरमा आयोजित कार्यक्रमका बक्ताहरुले बताएका छन् । विज्ञानको प्रविधिलाई आधार मानेर आधात्मिक चिन्तनतिर लाग्नुपर्ने कुरामा उनीहरुको जोड थियो ।
राजयोगीनी गीता दिदिको अध्यक्षता तथा महिला मानवअधिकार रक्षक संजाल दाङकी अध्यक्ष शुष्मा गिरीको प्रमुख आतिथ्यता नगरस्तरीय महिला संजालकी अध्यक्ष यमुना शाहको विशिष्ट आतिथ्यतामा कार्यक्रममा भएको थियो ।
ब्रह्मकुमार शिवलाल महतराले विषय प्रवेश गराएको कार्यक्रममा महिला स्वास्थ्य स्वयम सेवीका प्रभा खड्का, महिला अधिकारकर्मी सम्झना डाँगी, जनउत्थान विकास केन्द्रका प्रतिनिधि विमला शर्मालगायतले आ–आफ्ना विचार राखेका थिए ।