दाङ, २४ फागुन । हालै सम्पन्न नेपाल शिक्षक संघको अधिवेशन अन्तरगत भएको निर्वाचनबाट विजयी अध्यक्ष युवराज बस्नेत र प्रदेश प्रतिनिधि भिमकुमार न्यौपानेलाई श्रीसिद्धरत्ननाथ नमूना मावि नारायणपुरले आज सम्मान गरेको छ ।
विद्यालयका निवर्तमान प्राचार्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्ताबहादुर बुढाथोकीले नेतृत्व गर्न पाउनु एक अवसर भएको भन्दै अवसरको सदुपयोग गर्दै शैक्षिक विकासका लागि लाग्न अनुरोध गरे ।