शरद रेग्मी
दाङ, २४ फागुन । दाङको तुलसीपुरमा संचालित भइरहेको ‘क्लिन तुलसीपुर ग्रीन’ तुलसीपुर सरसफाई अभियानले दुई सय दिन पूरा गरेको छ । आज मंगलवार २९ औ हप्ताको सरसफाई अभियानसंगै यो अभियानले दुई सय दिन पुरा गरेको हो ।
विरेन्द्र चौकदेखि (घ) लाईन हु्ँदै वाहिनी चोकमा पुगी समापन गरिएको सरसफाई अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले वताए ।