इन्द्रेणी संवाददाता
दाङ, २४ फागुन । नेकपा एमालेका केन्द्रीय उपमहासचिव धनश्याम भुसालले सप्तरीको घटना नेपालमा शान्ति नचाहाने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सक्तिले घटाएको बताएका छन् ।
उनले सोमवार भएको सप्तरीको गोली काण्डलाई गौर हत्याकाण्डको निरन्तरता र निर्वाचन हुन नदिने खेल भएको बताए । तर, उनले सो घटनामा सम्याम्ता अपनाउदै २७ गतेदेखि पुनः मेची–महाकाली अभियानलाई पार्टीले अघि वढाउने जानकारी दिए ।
हिमाल, पहाड र तराईलाई एकतावद्ध बनाउने उदेश्यले शुरु एमालेले यो अभियानको थालनी गरेको उनले उल्लेख गरे । सप्तरीमा भएको घटना एमाले लक्षित भएको भनिए पनि नेपाली जनतालाई एकतावद्ध गर्ने र राष्ट्रियताको पक्षमा काम गर्ने सबै खाले सक्तिमाथि हुन सक्ने उनको दावी छ ।