दाङ, २४ फागुन । दाङमा पछिल्लो समयमा व्यवसायिक माछापालन वढ्दै गएको छ । व्यवसायिक माछापालनसँगै यसमा लगानी पनि वढ्दै गएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार यस आर्थिक वर्षको ६ महिनामा १८ वटा माछा फार्म दर्ता भएको जनाएको छ । जसमध्ये गत आवमा १५ र यस आवमा ३ गरी १८ वटा माछा फार्म दर्ता भएका हुन् । ती फार्महरुमा ३ करोड ९ लाख ४३ हजार ६ सय रुपैयाँ लगानी भएको छ । नयाँ युगबोधबाट