घोराही, २३ फागुन । नेपाली चलचित्र ‘पर्शुराम’ परिवारको आयोजनामा यसवर्षको होलीको अवसरमा घोराहीमा होली विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । फागुन ३० गते घोराहीको बालमन्दिरमा कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक महेन्द्र बुढाथोकीले जानकारी दिए ।
कार्यक्रमको सल्लाहकारमा बलिभद्र राना, खड्ग बुढाथोकी, सविन प्रियासन, पारश बस्नेत, राजभक्त राना, यादव सैघाली, केशरमान विसी, लेखराज डिसी रहेको सांस्कृतिक संयोजक सुनिल विसीले बताए ।