घोराही, २३ फागुन । भ्याली जुनियर क्रिकेट क्लब घोराही दाङले क्लबमा आवद्ध विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । क्लबले आज सोमवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी खेलाडी एवं पदाधिकारीहरुलाई सम्मान गरेको हो ।
यस्तै केही महिनाअघि थाईल्याण्डमा भएको ट्वान्टी–ट्वान्टी क्रिकेटमा विजयी टिममा सहभागी क्लबका खेलाडीहरु केशवप्रसाद शर्मा, सफलकुमार पुरी र उनका परिवारलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा भ्याली जुनियर क्रिकेट क्लबका लागि जर्सी उपलब्ध गराउने दाङ लोटर्स ट्रेनिङ सेन्टरका सञ्चालकहरु निराजन भण्डारी, विशाल रोका र बलबहादुर बुढालाई पनि सम्मान गरिएको थियो ।
क्लबका सचिव दिपेन शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्लबका सल्लाहकार राजेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आर.के.शितल, क्लबका प्रशिक्षक देवेन्द्रसिंह ठकुरीलगायतले आफ्ना विचार राखेका थिए ।