शरद रेग्मी
दाङ, १९ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा दिपेन्द्रकुमार खत्रीलाई प्रस्ताव गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको चैत्र २७ गते हुन लागेको महाधिवेशनमा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष खत्रीलाई केन्द्रिय सदस्यमा सिफारिस गरेको हो ।
त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघले थालनी गर्न लागेको वहुआयामिक सभागृहको कामलाई तिव्रगतिमा अगाडी वढाउने पनि बैठकले निर्णय गरेको छ । त्यस्तै बैठकले संघलाई अहिले सम्म कै सबै भन्दा वढी आर्थिक सहयोग गर्ने यूवा व्यवसायी यज्ञ वहादुर के।सी।लाई तुलसीपुर उद्योग वाणिज्य संघको वरिष्ठ सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।