Indrenionline.com

तुलसीपुरको ढल व्यवस्थापन गर्न सकिन्छ : महानिर्देशक भट्ट

तुलसीपुर १७ फागुन । खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले तुलसीपुरको ढल व्यवस्थापन गरिने बताएका छन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १० औ अधिवेशन उदघाटन् शत्रलाई सम्वोधन गर्दै महानिर्देशक भट्टले यस्तो बताएका हुन् । खानेपनीका क्षेत्रमा धेरै काम गरेपनि विभागले ढल व्यवस्थापनमा राजधानि वाहेकका जिल्ला उल्लेख्य काम गर्न नसकेको भन्दै महानिर्देशक भट्टले तुलसीपुरको ढलव्यवस्थापनमा विभागले काम गर्ने वताए ।वजारको ढल व्यवस्थापनका लागि स्थानिय निकायले जग्गा व्यवस्थापनमा १५ प्रतिशत लगानी गरे वाँकी पुरै लगानि नेपाल सरकारले गर्ने वताए ।

उनले ढल व्यवस्थापनका लागि स्थानिय निकायले खोलाकिनारामा कम्तिमा दुइ अढाई विग्हा जमिनको व्यस्थागरे ढलवाट वग्ने फोहर पानि शुद्धिकरण गरी वजारलाई सरसफाई युक्त वनाउन आवश्यक उपकरणमा नेपाल सरकारले पुरैअनुदान उपलब्ध गराउने जानकारी दिंदै ढल व्यवस्थापनमा जिल्ला खानेपानी कार्यालय संग समन्वय गरेर केन्द्रमा आउन खानेपानीको नेतृत्वलाई आग्रह समेत गरे ।

दाङका सुख्खा शहर हरुमा दिर्घकालिन खानेपानी व्यवस्था पनका लागि घोराहिको कटुवा खोलामा जलासय निर्माणका लागि प्रारम्भीक अनुसन्धान भैसकेको भन्दै विभागले मुलकका ८ स्थान मध्य दाङको घोराहिमा जलासय निर्माण गरि खानेपानि को व्यवस्थापनको प्रकृया अगाडि वढि सकेको महानिर्देशक भट्टले जानकारी दिए ।

खानेपानीको अल्पकालिन व्यवस्थापनका लागि तुलसीपुरमा यसैवर्ष डिपवोरिङ को काम गर्न सकिने भन्दै मौलिक हकका रुपमा रहेको खानिपानि र सरसफाई का कार्यक्रमहरु वाट कुनै नागरीक विमुख हुन नदिन सवै पानि कर्मीहरु एकजुट हुनुपर्ने वताए ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज ववलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख चोप प्रशाद धितालले दाङमा खानेपानिको मुहान संरक्षण चुनौतिको विषय वनेको भन्दै समयमै श्रोतको संरक्षण नगरे दाङ मरुभुमिकरणमा परिवर्तन हुन सक्ने खतरा रहेको वताए ।तुलसीपुरमा शाना शहरी खानेपानि आयोजना सञ्चालनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका ईन्जीनियर धितालले जिल्लाको विकासमा सवै राजनैतिक शक्ति एक हुनुपर्ने वताए ।

कार्यक्रममा जिल्ला खानेपानि कार्यालय सल्यानका डि शिव प्रशाद देवकोटा , नेपाली काँग्रेसका तेजवहादुर वस्नेत , नेकपा एमालेका कृष्ण भुसाल नेकपा माओवादी केन्द्रका रामजी चौधरी ,राष्ट्रिय प्रजातन्त्र पार्टिका छोटिलाल चौधरी ,राष्ट्रिय जनमोर्चाका भरत भण्डारी , नेपाल कम्युनिष्ट पाटिका वलवहादुर वली ,नयाँशक्ति नेपालका वामदेव भुसाल , नागरीक समाजका संयोजक टिकारमा रेग्मी वेलझुण्डी खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रदिप गौतम घोराहि खानेपानी का अध्यक्ष देवी वहादुर डिसी, लमहि खानेपानीका अध्यक्ष काँशीराम डाङी लगाएतले अव वन्ने नयाँ नेतृत्व सहमति सहकार्यका साथ सर्वसहमतिमा छनोट गर्नुपर्ने वताएका थिए ।