दाङ १६ फागुन । दलित सञ्जाल त्रिपुर नगर कमिटीले सहयोग रकम हस्तान्तर गरेको छ । रुखबाट लडेर घाइते भएकी त्रिपुर १२ एकल घरुवा निवासी दलित सञ्चालका सचिव ममता सुनारलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । दलित सञ्जालमा आबद्ध विभिन्न सदस्यहरुबाट संङकलीत आठ हजार रुपैयाँ सुनारलाई हस्तान्तरण गरिएको थियो ।
त्यस अबसरमा बोल्दै दलित सञ्जाल त्रिपुर नगरका अध्यक्ष नक्षेत्रबहादुर विकले समस्या परेका दलित समुदायका लागि दलित सञ्जाले सहयोग गर्दै आएको वताउनुभयो । समाज परिर्वनका लागि सञ्जालले आफ्नो भुमिका निर्वाह गरेको वताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिदै जाने वताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका गिरिराज डागी, दलित सञ्जालका सल्लाहकार झगबहादुर सुनार, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली घाईते ममता सुनार लगायतले वोल्नु भएको थियो । सञ्जालका वडा अध्यक्ष निमबहादुर विको अध्यक्षताम भउको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष नरसिङ विकले सञ्चालन गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष अर्नुन परियारले गर्नु भएको थियो ।